कञ्चनपुरमा मानव कंकाल भेटिएको छ। रुखमा झुन्डीएको अवस्थामा उक्त कंकाल फेला परेको हो ।
शुक्लाफाँटा नगरपालिका(११ कालिका सामुदायिक वनमा आज कंकाल भेटिएको प्रहरीले जनाएको छ।
कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।