हेलिकप्टर दुर्घटनामा घाइते भएका चारजनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। शुक्रबार सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो। दुर्घटनाका घाइतेमध्ये चारजनालाई उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष विकास तामाङले जानकारी दिए।
‘घाइतेलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ,’ उनले सेतोपाटीसँग भने। वडाध्यक्ष तामाङका अनुसार पाइलट, कोपाइलट र हेलिकप्टरमै सवार एकजनाको अवस्था चिन्ताजनक छ। एकजना सामान्य घाइतेको अवस्थामा रहेको उनले बताए।
उनीहरूलाई उपचारका लागि पठाइएको हो। हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो। जलविद्युत आयोजनाको सामन बोकेको हेलिकप्टर अनियन्त्रित भएर जमिनमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन्।