ललिता निवासको जग्गामा तारबार लगाउन काठमाडौं महानगर प्रहरी ललिता निवास पुगेको छ। आइतबार दिउँसो ललिता निवासको जग्गामा तारबार लगाउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो।
सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै तारबार लगाउन लागेको हो।





