धनगढीका ओझाले मृत्युअघि ‘सुसाइड नोट’ लेख्दै प्रेमिका र बुवाआमासँग मागे माफी


 बिहीबार बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय तोयनाथ ओझाको ‘सुसाइड नोट’ भेटिएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार ओझाले मृत्यु अघि लेखिएको ‘सुसाइड नोट’ उनी मृत भेटिएको कोठामा फेला परेको हो ।

उक्त नोटमा ओझाले आफ्ना बुवाआमालाई दुःख दिए भन्दै क्षमा मागेका छन् भने प्रेमिकालाई समेत सम्बोधन गर्दै माफी मागेका छन् । ‘बुवा र आमा हजुुर तपाईहरुलाई धेरै दुुःख दिए सरी(क्षमा चाहान्छु) । मेरोबारे चिन्ता नलिनुुहोला राम्रोसँग बस्नुुहोला, ओझाले ‘सुसाइड नोट’मा लेखेका छन्,’ प्रहरी स्रोतले भनयो ।

सोही नोटमा प्रेमिकालाई सम्बोधन गर्दै ओझाले लेखेका छन्, ‘तिमीलाई धेरै माया गर्थे अब एक्लै रहने भयौँ है सरी । ’ ओझा बिहीबार बिहान आफ्नै सु्त्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुलदीप चन्दले ओझाको कोठामा भेटिएको ‘सुसाइड नोट’ बारे अध्ययन भइरहेको बताए । उनको मृत्युुबारे समेत थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।