प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए ।
सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तक,कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरु लगायतले श्रद्धाञ्जली दिएका थिए ।
यस्तै विभिन्न दलका शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।