सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।
उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।