रविलाई भेट्न अमेरिकी राजदूत थम्पसन पुगे रास्वपा मुख्यालयमा

Microlink Media
Microlink Media
६ भाद्र २०८०, बुधबार
शेयर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ। बुधवार सभापति लामिछाने भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेर भेट गरेका हुन्। भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागी थिए।

भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाएको छ। भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराए।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।