गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य माझीको रुखबाट लडेर ज्यान गयो


गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ । आरुघाट–८ को लामाबगरमा अरिङ्गालको गोला पोल्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

३६ वर्षका माझीको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आरुटार घर भएका माझी स्थानीय तह निर्वाचन २०७९ मा आरुघाट गाऊँपालिका वडा नम्वर ९ को वडा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।