११ जना नेपाली विद्यार्थी रहेको बंकरमा पुग्यो इजरायली सेना, उद्धार हुँदै

Microlink Media

२२ आश्विन २०८०, सोमबार


बंकरभित्र रहेका ११ जना नेपाली विद्यार्थी रहेको ठाउँमा इजरायली सेना पुगेको छ। उनीहरूमध्ये ६-७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए।

नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए।

‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक-दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’