एक महिनाअघि प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्।
उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए। त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्। लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं’ वडाध्यक्ष धामीले भने । सोमबार दिउँसो मृतक लोकेन्द्रका परिवारलाई जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुखसहितको टोलिले भेट गरेको वडाध्यक्ष धामीले बताए ।
उनले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको थियो। इजरायलमा समाप्त भयो।’ लोकेन्द्रका दाजु नेपाली सेनामा छन्। उनी परिवारका कान्छा छोरा हुन्। निम्न आर्थिक अवस्थाका उनले केही समय गाउँकै विद्यालयमा पढाएका थिए। उनका श्रीमती र छोराछोरी छन्।
शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
घर परिवार, श्रीमती र छोराछोरीलाई खुसी दिन पसिना बगाईरहेका लोकेन्द्रले बिरानो माटोमा रगत समेत बगाउनु पर्छ भन्ने कल्पनासायदै गरेका थिए होला । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा उनी एउटा कृषी फार्ममा काम गरिरहेका थिए । उनी सधै जसो काममा जानु अघि र काम सकिएपछि घरपरिवारसंग फोनमा कुराकानी गरिरहन्थे । गत शुक्रवार पनी उनले घरमा श्रीमतीलाई फोन गरेर भनेका थिए ।
सानु काम शुरु गरेको एक महिना पुग्नै लागेको छ । अब त तलब आउने बेला पनी भयो । तलब आएपछि म पैसा पठाईदिन्छु । दशै राम्रोसंग मनाउनु, छोराछोरीलाई नँया लुगा किनिदिनु । यो कुराकानी नै अन्तिम होला भन्ने नत लोकेन्द्रलाई नै थाहा थियो ।
नत श्रीमतीलाई नै । त्यसको भोलीपल्टै शनिवार बिहानै ईजरायलमा हमासको आक्रमण दर्जनौ नेपालीहरु घाईते, केहीको मृत्यु लगायतका समाचारहरु छ्यापछ्याप्ती आउन थाले । समाचार सुनेर लोकेन्द्रको परिवारले लोकेन्द्रलाई सम्र्पक गर्न खोजे । तर बिडम्बना लोकेन्द्रसंग सम्र्पक हुन् सकेन् । आईतवार दिनभर नै तिनै समाचारहरु आईरहे ।
लोकेन्द्रको चिन्ताले छड्पटाएको लोकेन्द्रको परिवारले पटक पटक सम्र्पक गर्ने प्रयास गरिरहे तर सफल भएन् । आईतबार साँझतिर सामाजिक सञ्जालमा ईजरायलमा मृत्यु भएका नेपालीहरुको विबरण सार्वजनिक भयो । जसमा लोकेन्द्रको नाम पनी समावेश थियो । लोकेन्द्रको मृत्युको खबर सुनेपछि बिक्षप्त बनेको परिवार अहिलेसम्म पनी होशमा छैन् । लाउ लाउ खाउ खाउ भन्ने उमेरमै सिन्दुर पुछिएकी लोकेन्द्रकी श्रीमतीलाई सम्हाल्नै गाह्रो भएको छ ।