जुवा खेलेको आरोपमा ललितपुरबाट ८ जना पक्राउ परेका छन्।
मंगलबार राति पौने ११ बजे विशेष सूचनाको आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले ललितपुर गोदावरी नगरपालिका(१० टाहाखेलस्थित कुमार भन्ने टुकनाथ घिमिरेको घरबाट ८ जनालाई पक्राउ गरेको हो।
उनको घरमा प्रहरी पुग्दा हार(जित हुनेगरी जुवा खेलिरहेको पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले दुई लाख ७ हजार रुपैयाँ बरामद गरेको छ।
प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ।