जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का

Microlink Media

२० कार्तिक २०८०, सोमबार


 सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ ।  अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि  शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।