गायक हेमन्त शर्माले दिए किक्रेट टीमलाई ५० हजार

Microlink Media

२१ कार्तिक २०८०, मंगलबार


गायक हेमन्त शर्माले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । आज बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गायक शर्माले यसअघि  आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे  नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने  घाेषणा गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त रकम घोषणा गर्दै यस्तो लेखेका थिए,‘मन मात्र हो धन हैन है। भाईहरू हो आज मात्र क्रिकेट जितिदेउ ।

आज जितेउ भने मेरो तर्फबाट रू ५०,०००र सम्पूर्ण “टिम नेपाल”लाई । एक पटकको खाजा खर्चै भए नि ।’ नेपालले  सेमिफाइनलमा  यूएईलाई हराएर  विश्वकपमा छनाैट भएकाे छ ।  गायक शर्माले पूर्वघोषित रकमबापतको चेक आज नेपाली टिमलाई हस्तास्तरण गरेका हुन् । उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी लागेको बताएका छन् ।