शहिदनगरको नहरमा पुरुष मृत फेला


धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर मृत अवस्थामा फेला परेका हुन् । नहरमा फेला परेका उनको शरीर र लुगामा माटो लागेको छ ।

लुगा लगाएकाले शरीरमा चोटपटक लागेको देखिँदैन् । उनको मृत्युको कारण खुल्न नसकेको र आफन्त सम्पर्कमा आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ‌। स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । उनीहरू नै खबर गरेपछि प्रहरी घटनास्थल पुगेर कानून प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी गरेका छन् ।