त्रिशूली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालका, २ पुरूष र २ महिला छन्। मृतकहरू गोरखा नगरपालिका ७ का रहको बताइएको छ।
गोरखा नगरपालिका-७ का वडाध्यक्ष विश्व श्रेष्ठले दुर्घटना भएकोबारे खबर प्राप्त भएपछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए। दुर्घटनामा परेकाहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले बताए।