काठमाडौँः भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भदौ ६ गतेदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन् ।
कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणका क्रममा उनले सहकारीका समस्या, भूमिहीन तथा सुकुम्बासीका गुनासा र मन्त्रालयसँग सम्बन्धित जनसमस्या प्रत्यक्ष सुन्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्मको प्रगति र आगामी योजनाबारे स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी गराउने मन्त्री रावलले बताएकी छन् ।
स्थानीयस्तरमै पुगेर नागरिकका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको उनको भनाइ छ ।





