काठमाडौँः काठमाडौँका शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा एक युवकको मृत्यु भएको छ ।
बिहीबार राति भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङ घोराहीका २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो । टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले बारा कलैयाका १८ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भनिएका २० वर्षीय प्रमित पटेल भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।





