काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
सभापति रवि लामिछानेको प्रस्तावमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई रहेका छन् ।





