नागरिकसँग गृहमन्त्री गुरुङको प्रत्यक्ष संवाद


काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले भोलि भदौ ८ गते नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।

रास्वपाका अनुसार गृहमन्त्री गुरुङ पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्नेछन् । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना समस्या तथा सुझाव राख्नेछन् । दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसहित समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ । कार्यक्रम साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा हुनेछ ।

नागरिकका आवाज र सुझावलाई सरकार तथा पार्टीको नीति निर्माण र कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ