काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन ३ लाख १६ हजार ७०० र चाँदी ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।





