काठमाडौँः रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ की २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली छन् ।
प्रहरीका अनुसार मुसिकोट खलंगाबाट सुर्खेत जाँदै गरेको गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा उनीहरूलाई सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको गाडीले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल सल्ले पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





