काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ । यसअघि अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना सारेर सेप्टेम्बर दोस्रो साताका लागि तय गरिएको थियो ।
तर अब सेप्टेम्बर दोस्रो सातामा पनि लामिछाने चीन नजाने भएका छन् । स्रोतका अनुसार रास्वपाका सांसदहरूको टोली भने चीन भ्रमणमा जानेछ । भारत भ्रमणपछि लामिछाने चीन जाने तयारी गरिएको थियो ।





