बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ


काठमाडोैँः काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी बाटो नकाटी आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् ।

सोही क्रममा कठायतले महिला प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।