काठमाडौँः सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले सम्बन्धित उपकुलपतिहरूको सिफारिसमा पदाधिकारी नियुक्त गर्नुभएको हो ।
त्रिविको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । पूर्वाञ्चल, पोखरा, सुदूरपश्चिम, मध्यपश्चिम र राजर्षि जनक विश्वविद्यालयमा पनि नयाँ रजिस्ट्रार नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरूले मंगलबार शपथ ग्रहण गरेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी बनाउन समन्वय र टिमवर्कमा काम गर्न निर्देशन दिनुभएको छ ।





