काठमाडौँः नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा रसुवा पुगेका हुन् ।
उनी विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेका छन् । यसअघि थापा भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए । बिहीबार उनले पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।





