काठमाडौँः रास्वपाले उद्धारस्थलमा अवरोध हुने अवस्था आए सांसदहरूलाई फर्किन निर्देशन दिएको विषयमा सांसद सागर ढकालले असन्तुष्टि जनाएका छन् ।
उनले पार्टीका सिनियर नेताहरू समेत मिडियाको नकारात्मक प्रचारको प्रभावमा परेको गुनासो गरेका छन् । काठमाडौं फर्किने क्रममा सांसद श्रीराम न्यौपानेसँगै ढकालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरूले सकेको प्रयास गरेको बताएका छन् । मानवीय हिसाबले आंशिक सफलता मिले पनि इन्जिनियरिङ हिसाबले ठूलो सफलता प्राप्त भएको उनको दाबी छ ।
उनले उद्धारस्थलमा सबैको सहयोग भए पनि मिडियामा फैलिएको नकारात्मकताले काममा केही हदसम्म बाधा पुगेको बताएका छन् । ढकालले देश बनाउन सकारात्मक सोच आवश्यक रहेको भन्दै फिल्डमा खटिएकाहरूको मजाक नउडाउन आग्रह गरेका छन् । उनका अनुसार उद्धार कार्य अझै २४ घण्टा ढिलो भएको भए असफल हुन सक्ने अवस्था थियो ।





