काठमाडौँः बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा ७ वटा घर तथा गोठमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिबार राति ८ बजेदेखि परेको वर्षापछि पहिरो खस्दा बडीमालिका–८ कोठ्याराका नरे रावल तथा वडा–९ का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको हो । यस्तै, वडा–९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । पहिरोका कारण खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायामा समेत क्षति भएको छ ।





