गोरखाको नाम्रुङ खोलामा बाढीः चार घर र फलामे पुल बगायो



काठमाडौँः गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार राति करिब ३ बजे आएको बाढीले नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको हो । बाढीले वडा नम्बर ४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको प्रहरीले जनाएको छ ।