बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत दिने


काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ । त्यस्तै, मृतक कर्मचारीले कल्याणकारी कोषबाट लिएको ऋणमध्ये भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने निर्णय भएको छ।

मृतकका सन्ततिलाई पायक पर्ने ब्एँ नेपालका विद्यालयमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ।