कान्ति राजमार्गको टाकुर्चे खण्डमा मर्मत तीव्र, सडक थप भासिने जोखिम



काठमाडौँः कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाउने कार्य तीव्र पारिएको छ । सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी र्‍याम्पमा पुनः पहिरो खसेपछि उक्त खण्ड साँघुरो बनेको हो ।

सडक थप भासिने तथा खस्ने जोखिम बढेपछि पहिरो पन्छाउँदै सडक पुनर्निर्माणको काम भइरहेको छ । अवरुद्ध तथा असहज बनेको सडकखण्डमा प्राविधिक जनशक्ति र मेसिनरी परिचालन गरी सडक विस्तार तथा पुनर्निर्माण भइरहेको छ । सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।