काठमाडौँः गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।
आन्दोलनका शहीदहरूको अनुहारसँग पार्कमा निर्माण गरिएका सालिकहरू नमिलेको भन्दै शहीदका परिवारजनले आपत्ति जनाएपछि गृहमन्त्री गुरुङ उद्घाटन नगरी फर्किएका हुन् । पार्कमा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त ४५ जनाको सालिक निर्माण गरिएको छ । शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
सातदोबाटोस्थित पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ ।





