काठमाडौँः राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । उक्त प्रमाणपत्रकै आधारमा उनले २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा हुँदै विभिन्न हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आयोगले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।





