काठमाडौँः मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थित पुवामा भूकम्पका कारण क्षतिग्रस्त भएको एक घरबाट सशस्त्र प्रहरीले सामानहरू सुरक्षित रूपमा बाहिर निकालेको छ ।
घरमा क्षति पुगेपछि जोखिम बढेकाले सशस्त्र प्रहरीको टोलीले घरभित्र रहेका महत्वपूर्ण तथा प्रयोगयोग्य सामानहरू सुरक्षित स्थानमा सारेको हो। सुरक्षाकर्मीले स्थानीयवासीलाई समेत आवश्यक सहयोग गर्दै क्षतिग्रस्त संरचनाबाट सुरक्षित रहन आग्रह गरेका छन् ।





