देवीघाटमा ५ दिनमै तयार भयो बेलीब्रिज, आजैदेखि गाडी चल्ने


काठमाडौँः नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले पाँच दिनमै बेलीब्रिज निर्माण सम्पन्न गरेको छ । बाढीका कारण अवरुद्ध भएको सडकमा आवागमन सहज बनाउन सेनाले तीव्र गतिमा पुल निर्माण गरेको हो ।

पुल निर्माण सम्पन्न भएपछि बिहीबार परीक्षण गरी आजैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित भएको आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ । विपद्का कारण अवरुद्ध सडक तथा यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले अन्य क्षेत्रमा पनि काम अघि बढाएको छ ।

बेत्रावती र स्याब्रुबेसीमा करिब १०० मिटर लम्बाइका पुल निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ ।