प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाए


काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत कार्यको प्रगति र आगामी कदमबारे आवश्यक निर्णयसमेत बैठकले गर्ने बताइएको छ ।