प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौँः मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने टोलीको भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने असोज १० गते स्वदेश फर्किनेछ । महासभामा प्रधानमन्त्री शाहले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन् ।