सुनको मूल्य ३ लाख २ हजार २ सय पुग्यो, चाँदी पनि बढ्यो


काठमाडौँः आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६ सय ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँ थियो।