काठमाडौँः दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जाँदै गरेकी ३५ वर्षीया जीता केसीको सल्यानमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ मा रा ४ प २४३ नम्बरको मोटरसाइकलमा पछाडि सवार जीताले लगाएको सलवारको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनलाई चक्काले तानेर सडकमा खसालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको थियो। घटनामा गम्भीर घाइते भएकी जीताको मृत्यु भएको हो।तीजको खुसी बोकेर माइतीघर हिँडेकी जीताको बाटोमै ज्यान गएपछि परिवारमा गहिरो शोक छाएको छ।





