काठमाडौंः चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोलीले ठूला ढुंगा भेटिएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ ।
सेनाका अनुसार सुरुङको मुखबाट करिब ९० मिटरभित्रसम्म हेभी इक्विपमेन्टले गेग्रान हटाएको छ। अहिले स्काभेटर र लोडर प्रयोग गरी सुरुङ साँघुरिएको भागतर्फ खन्ने काम भइरहेको छ । सुरुङ साँघुरिएको स्थानमा ठूलो ढुंगा अड्किएकाले त्यसलाई हटाउने प्रयास भइरहेको छ । यसैबीच, सुरुङ साँघुरिएको भागभन्दा करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा इको सुनिएको भन्दै पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सुरुङमा फसेकाहरूको सकुशल उद्धारको सम्भावना रहेको बताएका छन् ।
२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ८ जना फसेको आकलन गरिएको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा भारतीय विशेषज्ञहरू खटिएका छन् ।





