मनोहरा खोलामा बाढी, किनारका बस्तीमा पानी पस्यो


काठमाडौँः भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढ्दा खोला किनारका केही बस्तीमा पानी पसेको छ। सोमबार दिउँसोदेखि परेको वर्षाका कारण खोलामा बाढीको सतह बढेको हो ।

बाढीको पानी टहरासहित केही घरमा पसेपछि किनारमा बस्दै आएका स्थानीयलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ । उनका अनुसार यसअघि आउने गरेको भन्दा खोलाको बहाव केही बढेको भए पनि मानवीय क्षति भएको छैन।

अहिले वर्षा कम भएसँगै खोलाको बहाव पनि घट्दै गएको प्रहरीले जनाएको छ ।