काठमाडौँः बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन २ हजार ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६ सय ८५ रुपैयाँ थियो ।





