काठमाडौँः भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।
भूमि अभिलेखसँग गरिएको रुजुका क्रममा इलाम, ताप्लेजुङ, झापा र काभ्रेमा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको हो । भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।





