काठमाडौँः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेको छ । मियाँलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए । उनीहरूले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने माग गरेका थिए ।
राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो । प्रहरीले आरोपीलाई नियन्त्रणमै राखेर कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ । घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





