दाङ- धरान मा एउटा घटना घटेको छ। जसमा केही महिना अघि राम्रो खानदान हुनेखाने लाउरे सङ्ग बीहे गरि सुख मा बसीरहेकि चेली मृतक अवस्था म फेला परेकी छिन। धेरै लामो समयको प्रेम सम्बन्ध बाट बिबाह मा परिरत भएको यो जोडी आज छुटिएको छ।
बिहे गरेको केहि समय सम्म त हासी खुसि भएको यो जोडी जसमा सोनीको श्रीमान सिंगापुर जान्छन । श्रीमान सिंगापुर गएको एक केहि दिन पछि श्रीमतीको मृत्यु भएको छ। सोनीयाले आत्महत्या गरेको कुरा घर पक्षले गरेका छन भने माइती पक्ष ले आत्महत्या होइन यो हत्या हो भनेका छन।
सोनीयाका बुबाले मेरो छोरि आत्महत्या गर्ली जस्तो थिइन यदि आत्महत्या गरेको हो भने किन हामीहरु लाई खबर भएन। छोरि मरेको खबर अरु कोहि संग सुन्नु पर्यो भनेका छन। छोरि को यो खबर सुन्न साथ हामी छोरिको घर गयौ र सोधी गर्दा सम्धीले भन्नु भयो , मेरो नातिनी र बुहारी संगै सुत्थ्ये ,त्यो दिन बिहान बुहारीले नातिनीलाई चिया बनाउन भनि पठाएकी थिइन। र खाना खाने समय सम्म बुहारी नउठे पछि मैले नातिनीलाई बोलाउन पठाए। नातिनी जादा ढोका लगाएको थियो धेरै बोलाउदा पनि नबोले पछि मा आफै बोलाउन गए।
बुहारी भन्दै धेरै बोलाए तर उनि बोलिनन ,नबोले पछि झ्यालको एक छेउ बाट हेर्दा पंखा मा झुन्डिएको देखियो र हतारहतार छोरा लाई बोलाई हामी ढोका फोडी भित्र गयौ र एउटाले उचाली अर्कोले रसी काट्यौ र भुइँमा झारेको भनि सोनीयाका ससुराले भनेका थिए।
यदि मेरो छोरि आफै मरेको हो भने कसरि शरीर भरि निलै डामै -डाम छ र घाटि को अवस्था हेर्दा आत्महत्या नभई हत्या गरेको हो भनि सोनीया बुबाले भनेका छन। र दोषीलाई कडा कारबाही को माग गरेका छन।
