निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । लामिछानेबि”रुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उ’जुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्र’कृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए । रविबिरुद्धको उ’जुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ । आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उ’जुरी परेको छ । एक उ’जुरीम लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भने अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।