सचिन कि आमाको महान सोच। तेजेन्द्रले फेरी सचिनको पैसा लाग्यो भने ? अब के हुन्छ सहयोगको पैसा ?


पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन । ‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।

सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो ।उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो । उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।

तर, केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको उनी निकट कमल सरगमले जानकारी दिए । युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक विमल अधिकारीलगायतका कलाकार पनि शिक्षण अस्पताल पुगेका छन् । सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।