पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युबक मृ’त फेला


अर्थ जङ्ग शाही, बझाङ l पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृ’त फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृ त फेला परेको प्रहरीले जनाएको छ । मृ तक धामिको घ’टनाको प्रारम्भिक अनुसन्धान गरि शव पो’स्टमार्टमका लागि पठाउने तयारी भएको र घ’टना कारण भन्ने अझै खुल्न नसकेको बताएको छ । र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यस्तै-उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ ।

उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो । उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो ।