भारतीय गायक मिका सिंहले एक मिनेट गीत गाएको १५ लाख भारु पारिश्रमिक लिएका छन्। विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको इन्गेजमेन्टमा उनले एक मिनेटको १५ लाख पारिश्रमिक लिएका हुन्। भारतीय सञ्चारमाध्यम कोइमोइका अुसार उनले दश मिनेट गीत गाएका थिए जसको पारिश्रमिक उनले १ करोड ५० लाख भारु लिएका छन्।
मुकेश र नीता अम्बानीका छोरा अनन्तको पुस १४ गते इन्गेजमेन्ट भएको हो। उनले एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्।उनीहरूको इन्गेजमेन्टमा थुप्रै बलिउड कलाकार आएका थिए। उक्त समारोहमा सलमान खान, शाहरुख खान, रणवीर कपूर, आलिया भट्ट, रणवीर सिंह, जाहन्वी कपूरलगायत उपस्थित थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार अरूबेला मिका यति पैसा एक घण्टा प्रस्तुुति दिएपछि लिन्थे। धनाढ्य घरको इन्गेजमेन्ट भएपछि उनले महंगो पारिश्रमिक लिएको बताइएको छ। मिका अम्बानी परिवारको अधिकांश समारोहमा प्रस्तुति दिन्छन्। यसअघि मुकेश अम्बानीका जेठो छोरा आकाश अम्बानी र छोरी इशा अम्बानीको बिहेमा पनि उनले आफ्नो प्रस्तुति दिएका थिए।