नाबालिग किशोरीमाथी जबरज;;;स्ती क”रणी गरेको आ”रोपपछि फरार रहेका निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आ’त्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आ’त्मसमर्पण गरेका हुन्। किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्र’हरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरज”स्ती करणी गरेको आ”रोपमा किटानी जाहेरी परेको छ।
वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा ज”बरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्र”हरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आँफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
यस्ती-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। सोमबार बिहान सिंहदरबारमा आयोगका पदाधिकारीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायत रहेका छन्। प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि नयाँ सरकारकोतर्फबाट पहिलो पटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भएको हो।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी थालेको छ। यसबारे पनि छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनको प्रक्रिया थाल्न निर्देशन दिएका छन्। राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ। राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदैछ। कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तय गर्नुपर्ने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार माघ २९ गतेभित्र नै राष्ट्रपति र उपराष्ट्रपति छानिसकिने छन्।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्छ। संघीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन्। मुलुकको विद्यमान जनसंख्याअनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ।