अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी राधा थापा सधैं जस्तै आइतबार बिहान पनि दूध लिन गइन्। बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन जाने उनको दैनिकी थियो। बहखोरमा सानो होटल व्यवसाय गर्दै आएकी थापाले होटलमा आएका पाहुना तथा ग्राहकलाई चिया खुवाउन भनेर दूध लिन गएकी थापा बिहान ९ बजेसम्म पसल आइपुगिनन्। दूध लिएर नआएपछि किन ढिला भयो भनेर आफन्तले फोन गरे। दूध लिन जाने स्थानमा नगएको भन्ने थाहा पाएपछि स्थानीय र आफन्तले खोजी गर्न थाले।
खोजी गर्दै जादा नजिकैको खोल्सीमा थापा मृ’त भेटिइन्। स्थानीयले तुरुन्तै प्र’हरीलाई खबर गरे। प्रहरी आएर घटना हेर्दा ह”त्या भएको हुन सक्ने आशंका गरेपछि प्रहरी र स्थानीयले ह”त्याराको खोजी गर्न थाले। खोजी गर्दै जाँदा थापालाई हत्या गरी भागेका भारतीय नागरिक २३ वर्षीय सुसान्त सिंहलाई प्रहरीले प”क्राउ गर्यो। ह”त्या गरेर थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका-११ को मुन्द्रीबासको जंगलबाट प्र’हरीले प”क्राउ गर्न सफल भएको हो।
सिंहले थापाको शरीरबाट कानमा लगाउने मडहरी, सिक्री लगायतका सुनका गरगहना लुटेर लगेको स्थानीय माधव पौडेलले बताए। प”क्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी हसिया र ढुंगाले हानेर ह”त्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।
यस्तै-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन्। आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका छन्। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए।
यस्तै-सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन २०७६ सहित) लाई स्वीकार गरियोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकको कारबाही प्रारम्भ गर्दै ज्येष्ठ सदस्य रावलले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै प्रदेशसभाको गरिमा कायम राखेर कार्यकाल उपलब्धिपूर्ण बनाउनमा प्रदेशसभाका सदस्य सफल हुने विश्वास व्यक्त गरे। ज्येष्ठ सदस्य रावलले प्रदेशसभा नियमावली बमोजिम आफ्नो अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य पृथ्बीबहादुर सिंह, जानकीदेवि कुवँर, चक्र मल्ल, खुशीराम चौधरी र माया पन्तलाई मनोनयन गरिएको सदनलाई जानकारी गराए।